थप ४५ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ३ सय १ पीसीआर परीक्षणमा २५ र १ हजार ३ सय ३१ एन्टीजेन परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा २ हजार ६ सय ७८ नमुना परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएकाे परीक्षणमा नेपालमा झण्डै १० लाख जनामा काेराेना संक्रमण भएकाे छ । जसमध्ये १२ हजार १८ जनाकाे मृत्यु भएकाे छ ।

Facebook Comments