केन्द्रिय राजनीतिक परिस्थिति नियाल्दैछाैंः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रवि लामिछानेले भोट खसाले पछि जनताकाे काम सकिने र जनप्रतिनिधिकोको काम शुरु हुने बताउनुभएकाे छ ।
उहाँले केन्द्रिय राजनीतिको हालको परिस्थितिलाई नजिकबाट नियाली रहेका भन्दै निर्वाचनको पुर्ण नतिजा आए पछि आवश्यक निर्णयमा पुग्ने बताउनुभएकाे छ ।
रास्वपालाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का रहेकाे समेत लामिछानेले उल्लेख गर्नुभएकाे छ ।
सांसद निर्वाचित भएपछि गरेका कामकाे जानकारी उहाँले बुँदागत रूपमा गराउनुभएकाे छ ।
सामाजिक सञ्चाल मार्फत् उहाँले यस्ताे जानकारी दिनुभएकाे हाे ।

केही जानकारी बुँदागत रूपमा गराउन चाहन्छु।
१) मेराे निर्वाचन क्षेत्र चितवन- २ काे ईच्छाकामना गाउँपालिकाकाे २,३,४,५,६ र ७ वडाका बिद्युत नपुगेका स्थानमा यहि महिना भित्र क्रमश टेन्डर आव्हान गरि बिद्युत लाईन बिस्तार हुने भएकाे छ । आज बिद्युत प्रधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङ ज्यु सँग तत्काल बिद्युत लाईन बिस्तार गर्न छ्लफल भएकाे छ । अब छिटोभन्दा छिटाे मेराे निर्वाचन क्षेत्रका नागरिकले टुकि बाल्नु पर्ने अवस्थाकाे अन्त्य हुनेछ ।
२) चितवनका किसानले वर्षाै देखि भाेगेकाे रासायनिक मलकाे अभाब अन्त्यका लागि आज कृषि सामाग्रि कम्पनी लिमिटेड पुगेर मल आयातकाे अवस्था , भण्डारण र वितरणकाे अवस्था निरिक्षण गरेको छु । दुबै भेटघाट निकै फलदायी बनेका छन् ।
३) कालिका नगरपालिकाकाे बिद्युत नपुगेको पहाडी भेगमा पनि अब तत्काल बिद्युत बिस्तार हुने छ ।
४) केन्द्रिय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौं। निर्वाचनको पुर्ण नतिजा आए पछि निर्णयमा पुग्छौं। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौ।
तस्विरः लामिछानेकाे सामाजिक सञ्जाल फेसबुकबाट

