हरितालिका तीज मनाइँदै
हरितालिका तीज अन्तर्गतकाे मुख्य दिन हिन्दु महिलाहरूले व्रत बसेर याे पर्व मनाउँदैछन । देशका विभिन्न स्थानमा रहेका महादेवका मन्दिरहरूमा हरितालिका तीजका दिन व्रतालु महिलाहरू पुजा आरधनाका लागि पुग्ने गर्दछन् ।
हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको छ ।
पछिल्लाे तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बनेकाे कतिपएकाे भनाइ छ । दर नीराहार व्रतका लागि तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाने चलन छ ।
दरसँगै सुरु हुँदै चार दिने तिज सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तिज समापन हुन्छ।
माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ ।

