गुरुङ समुदायकाे नयाँ वर्ष तमु ल्हाेसार मनाइँदै
गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज देशैभर तथा देशबाहिर रहेका तमु समुदायले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।
गुरुङ बाहुल्य जिल्ला गण्डकी प्रदेशका गाेरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वत लगायतका जिल्लामा तमु ल्होसार साँस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ । ग्रामीण क्षेत्रबाट पाेखरा लगायत जिल्ला सदरमुकाममा बसाेबास गर्ने तमु समुदायले बिभिन्न समाज मार्फत सामूहिक रूपमा ल्हाेसार मनाउँने गर्दछन् ।
तमु ल्हाेसार पर्वको अवसरमा कार्यक्रममा आज काठमाडाैंकाे टुँडिखेलमा साँस्कृतिक कार्यक्रम गरिदैंछ भने साे अवसरमा गुरुङ समुदायमा चलन चल्तीमा रहेका बिभिन्न परिकारको समेत प्रदर्शनी गरिंदै छ ।
Facebook Comments

