पाँचदलीय गठबन्धनले चुनावमा गठबन्धनका लागि संयन्त्र बनाउने

२०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सत्तारूढ पाँचदलले गठबन्धन गर्ने भएका छन् । स्थानीय तहकाे निर्वाचनमा गठबन्धनका साथ सहभागी हुने प्रयाेजनका लागि तीन तहमा संयन्त्र बनाउने ति दलकाे निर्णय छ ।

बिहीबार बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकले प्रदेश, जिल्ला र पालिकास्तरमा संयन्त्र बनाउने निर्णय गरेको हो । गठबन्धनकाे बैठकपछि सञ्चारकर्मीसँग ज्ञानेन्द्रबहादुर कार्कीले अनुसार प्रदेश, जिल्ला र पालिकास्तरमा पाँच दलका नेता सम्मिलित संयन्त्र बनाउने निर्णय भएको जानकारी दिनुभयाे ।

३ तहमा बन्ने संयन्त्रले ५ दलकाे गठबन्धनकाे अवस्थाका बारेमा चैत २२ भित्र प्रतिवेदन तयार पारी केन्द्रमा पठाउनुपर्नेछ । साे प्रतिवेदनका अाधारमा गठबन्धनका सम्बन्धमा निर्णय गर्ने गठबन्धनमा सहभागी दलकाे तयारी छ ।

पार्टीहरूका अवस्था हेरेपछि मात्रै कहाँ कुन पार्टीका उम्मेदवार उठाउने भन्ने निर्णय गर्ने तयारीमा गठबन्धन छ।

Facebook Comments