उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदैछ । छठ पर्वका अवसरमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे भने साेमबार विहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठकाे समापन गर्न लागिएकाे हाे ।

छठका अवसरमा निराहर एवं निर्जल वर्त बस्ने प्रचलन छ । वर्तालुहरूले जलाशयमा पुगेर सूर्यको पुजा आराधना गरेका हुन् । छठकाे अवसरमा सूर्यदेवको उपासना, पुजा आराधनाका लागि नदि, ताल तलाउ, पाेखरी तथा सागर किनारमा विशेष सजावटका साथ मण्डप बनाइएकाे हुन्छ ।

निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले सूर्यलाई अर्घ्य दिँदै आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यसैवीच मधेश प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ ।

सङ्घ सरकारले छठको तेस्रो दिन बिदा दिएकाेमा मधेश प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको हाे ।

Facebook Comments