भाषण भन्दा काममा केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डकाे प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा जनताकाे पक्षमा धेरै भन्दा धेरै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसपटक उद्घाटन, भाषण लगायतका कार्यक्रममा कम ध्यान दिइ जनताकाे पक्षमा काम गर्ने बताउनुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, ‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन यो कार्यकाल । म भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’ ।

प्रधानमन्त्री प्रचण्डले चुनाव अगाडी नै भ्रष्टाचार र बेथिती अन्त्य गर्न उच्च पदस्थहरूकाे सम्पत्ति छानबिन गरी कार्वाही गर्नुपर्ने बताउनुभएकाे थियाे ।

प्रधानमन्त्री प्रचण्डले जनतालाई सरकारी सेवा प्रवाह गर्ने कार्यालयहरूमा हुने सास्ती हटाउनेतर्फ प्रयास गर्ने बताउनुभयाे ।

Facebook Comments