राजनीतिमा लागेका सबै नेताहरू बिग्रिएका छैनन्ः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा लागेका सबै नेताहरू नबिग्रिएकाे बताउनुभएकाे छ ।
राजनीतिमा केही व्यक्ति बिग्रिएकाे बताउनुभएकाे छ । लामाे त्यागबाट आएका भन्दा केही व्यक्तिहरू राजनीतिमा आउने र छिट्टै बिग्रिने गरेकाे उहाँकाे टिप्पणी थियाे ।
अध्यक्ष ओलीले र्याप गाएर नेताहरूलाई ब्यंग्य गर्ने काठमाडाैं महानगरका मेयर बालेन शाह राजनीतिमा आएपछि बिग्रिएको जिकिर गर्नुभयाे ।
उहाँले सरकारले भ्रष्टाचारका फाइलहरू खाेलेजस्ताे गरेपनि स्टन्टबाजी गरेकाे सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन गर्न नचाहेकाे लगायतका आराेप लगाउनुभएकाे थियाे ।
Facebook Comments

