आहा ! रारा गोल्डकपः संकटा क्लव सेमीफाइनलमा
संकटा क्लव पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । संकटाले आर्मीलाई ३–१ गाेल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेह गरेकाे हाे ।
पोखरा रंगशालामा जारी खेलमा पुनरागमन जितसँगै संकटा क्लव २२ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल पुग्ने तेश्रो टोली बनेको छ। संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले एक एक गाेल गरेका थिए । पराजित आर्मीका लागि नवयुग श्रेष्ठले सान्त्वना गोल गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वार्टरफाइनलमा मनाङमस्र्याङ्दी क्लबले भुटनिज युथ एससी अमेरिकाको सामना गर्नेछ ।
Facebook Comments

