माैसमः हल्का हुस्सु बाहेक सफा

नेपालमा यतिबेला पश्चिमी वायुको आंशिक प्रभाव रहेपनि तराईका  केही  भू-भागहरूमा हल्का हुस्सु लाग्नुबाहेक अन्यत्र माैसम सफा रहेकाे छ ।

हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार तराईका  केही  भू-भागहरूमा बिहानकाे समयमा हल्का हुस्सु लाग्ने गरेकाे छ ।

महाशाखाले तराईका भू-भागहरुमा विहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध गरेकाे छ ।

Facebook Comments