आईसीसी टी-२० विश्वकप एसिया छनोट खेलः ओमान र नेपाल खेल्दै

आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

नेपालले  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएकाे छ।

नेपाल र ओमान यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ । छनाेटकाे फाइनल पुग्ने २ टिम विश्वकपमा छनाैट हुनेछन् ।

शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।

हिजाे भएको समूह चरणको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जीत हासिल ग¥यो ।

Facebook Comments