योगराज ढकाल ‘रिगल’द्वारा प्रहरीसमक्ष आत्मसमर्पण

सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै योगराज ढकाल ‘रिगल’ले प्रहरी समक्ष आत्मसमर्पण गरेकाे बाँके प्रहरीले जनाउकाे छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई आत्मसमर्पण गर्न जाँदा नेपालगञ्जबाट नियन्त्रणमा लिएकाे हाे ।

सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको थियो । फैसला लगत्तै एक रिगलले आत्मसमर्पण गर्न जानेकाे उल्लेखित भिडियाे सार्वजनिक भएकाे छ ।

Facebook Comments