मालपोत कार्यालय कास्कीको राजस्व सम्बन्धि सेवा २ दिन अवरुद्ध हुने

मालपोत कार्यालय कास्कीको राजस्व सम्बन्धि सेवा २ दिनका लागि प्रभावित हुने भएको छ । बैंक अफ काठमाण्डौ र ग्लोबल आईएमई बैंक मर्जमा गएपछि मालपोत कार्यालय कास्कीको सेवा प्रभावित हुन लागेको हो ।

बैंक अफ काठमाण्डौले कास्की मालपोतको राजस्व कार्यालय परिसरमै संकलन गर्दै आएको छ ।

मर्जमा गएपछि बैंकको प्रणाली एकीकृत गर्न लागेकाले पौष २२ र २४ गते मालपोतको राजस्व सम्बन्धि सेवा प्रवाह प्रभावित हुन लागेको हो ।

मालपोत कार्यालय कास्कीले अन्य सेवा सूचारु रहने भएपनि राजस्व सम्बन्धि काम भने अवरुद्ध हुने जनाएको छ ।

Facebook Comments