सत्ता गठबन्धनकाे बैठकः न्यूनतम साझा कार्यक्रमबारे छलफल

सत्ता गठबन्धनका दलहरूवीच बुधबार बालुवाटारमा सरकारकाे न्यूनतम साझा कार्यक्रमकाे मस्याैदाबारे छलफल भएकाे छ । उक्त मस्याैदा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भएकाे छ ।

बाहिर सरकारले मन्त्रालय फुटाएर धेरै बनाउन लागेकाे समाचार सार्वजनिक भएपिन उपप्रधान एवं गृहमन्त्री रबि लामिछानेले भने त्यसबारेमा कुनै पनि छलफल नभएको बताउनुभयाे ।

मन्त्रालयहरू कुन दलले कुन लिने, लिएका मन्त्रालयका काम कसरी प्रभावकारी बनाउन सकिएला भन्नेबारे पनि छलफल भएको बताइएकाे छ । पाैष २६ मा विश्वासकाे मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीकाे तयारी छ ।

यसैवीच गठबन्धनकाे बैठकमा राहदानी विभागको सिस्टम डाउनबारे समेत छलफल भएको थियाे । यसअघि प्रधानमन्त्री कार्यालयकाे टिमले राहदानी विभागकाे प्राविधिक शाखाकाे निरीक्षण तथा अन्तर्क्रिया समेत गरेकाे थियाे ।

Facebook Comments