मनसुन सरदर स्थानमा, ५ प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना
यस वर्ष मनसुनमा कम वर्षा हुने प्रक्षेपण गरिए पनि असाेज तेस्राे सातासम्म पनि वर्षा भइरहेकाे छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा माैसम सरदर स्थानमा अवस्थित रहेकाे उल्लेख छ ।
साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने जनाएकाे छ ।
त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको समेत महाशाखाले माैसम बुलेटिनमा उल्लेख गरेकाे छ ।
हाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने जनाएकाे छ ।

