राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उर्मिला अर्यालकाे मात्र मनोनयन दर्ता
संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गर्नुभएकाे छ।
आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अर्यालले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएकाे हाे ।
अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा समर्थक रहनुभएकाे छ । राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालकाे एकल उम्मेदवारी परेकाले सर्वसम्मत हुनुहुने निश्चित भएको छ।
Facebook Comments

