नारायणगढ–मुग्लिन सडक दिउँसाेमा पनि सूचारू हुने
सडकमा पर्ने पुल निर्माणका लागि पहराे काट्नुपर्ने भएकाले २ महिना अगाडिदेखि दिउँसकाे समयमा बन्द हुने गरेकाे चितवनको नारायणगढ–मुग्लिन सडक आजदेखि खुल्ने भएको छ।
सडकखण्डमा पर्ने विभिन्न पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकोले गत पुस ५ गतेदेखि दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकमा सवारी आवागमन राेक्ने गरिएकेा थियाे । सवारी राेकेर काम गर्ने गरिएकाेमा आइतबारदेखि सडक खुल्ला गर्न लागिएकाे हाे ।
तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराएर चक्ल्याउने याेजना छ अन्य स्थानमा भने भित्ताे काट्ने काम अन्तिम चरणमा पुगेकाे आयाेजनाले जनाएकाे छ ।
Facebook Comments

