राजश्व विभागलाई एनसेल खरिद बिक्री प्रकरण अध्ययन गर्न प्रधानमन्त्रीकाे निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको अति न्यून रकम राखेर मुलुकबाहिरै भएकाे खरिद-बिक्री प्रकरणकाे छानबिन गर्न निर्देशन दिनुभएकाे छ ।
एनसेलकाे ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषय यतिबेला चाैतर्फी चासाेकाे बिषय बनेपछि प्रधानमन्त्रीले तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएकाे हाे ।
प्रधानमन्त्रीको सचिवालयले एनसेलको सेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री प्रचण्डले गम्भीर चासो व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ ।’

