उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध
नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएकाे छ ।
६६ वर्षीया अर्याल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार बन्नुभएपनि विपक्षी दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादीले पनि उम्मेदवारी नदिएर अर्याललाई नै समर्थन गरेका हुन् ।
राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रका १५, कांग्रेसका १०, एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टी (जसपा)का ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन् ।
उपाध्यक्षमा अर्याललाई समर्थन गरेको कांग्रेसकी राष्ट्रिय सभा सदस्य कमला पन्तले संवैधानिक पदमा सर्वसम्मत हुनु सकारात्मक विषय भएकाे उल्लेख गर्नुभयाे ।

Facebook Comments

