संकटा क्लबलाई आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा रंगशालामा सम्पन्न २२ औं आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेकाे छ  । संकटाले अमेरिकाको भूटनिज यूथ स्पोर्टस क्लब (बिवाइएससी) लाई ३-२ गोल अन्तरले जित्दै दोस्रो पटक च्याम्पियन बनेको हो । यस अघि २०७७ सालमा आहा रारा गोल्डकपको च्याम्पियन भएको थियो ।

समयमा दुबै टिमले समान २–२ गोलको बराबरी खेले पछि  खेल अतिरिक्त समयमा धकलिएको थियो । पहिलो हाफमा नै बराबरी खेलेको दुबै टिमले दोस्रो हाफमा कुनै गोल गर्न नसकेपछि अतिरिक्त समयमा खेल पुगेकाे थियाे ।

च्याम्पियन टिम संकटाले नगद १२ लाखका साथमा ट्रफी र उपविजेता बिवाइएससीले नगद ६ लाख हात पारेको छ । गत पौष १४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि संकटाका सुनिल बलले पाएका छन् ।

उनले उत्कृष्ट खेलाडीको उपाधि सहित इलेक्ट्रिकल स्कुटर हात पारे । प्रतियोगितामा उत्कृष्ट हुने विभिन्न विद्यामा समेत संकटाकै खेलाडीहरुको दबदबा रह्यो ।

उत्कृष्ट गोल किपर संकटाका टेकेन्द्र सिह थापा, उत्कृष्ट मिड फिल्डमा आयूष घलान, उत्कृष्ट स्ट्राइकरमा स्टेफेन बियोङ, उत्कृष्ट प्रशिक्षकमा सल्यान खड्गीले हात पार्दा सर्वाधिक गोलकर्तामा सकटकै विदेशी खेलाडी मेसुके रहे । उनले प्रतियोगितामा कुल चार गोल गरेका थिए । यत वेष्ट डिफेन्डरमा बिवाइएससीका हेक्टर ओर्टेगाले बाजी मारे । उनीहरु सबैले ट्रफीका साथ जनही नगद २५ हजार हात पारेका छन् ।

Facebook Comments