सत्तामा पुगेकाहरुले जनअपेक्षाअनुसार काम गर्न सकेनन्: शिक्षाविद् कोइराला

देशका युवा–विद्यार्थीसँगै ढुकुटी रित्याएर देश असफल बनाईदैछ: वक्ताहरु
देशको महत्वपूर्ण शक्ति युवा तथा विद्यार्थीहरुलाई विदेश पठाउने र विभिन्न बहानामा पुँजी पलायन गरी राज्यलाई असफल बनाउने षड्यन्त्र छताछुल्ल भएको एक कार्यक्रमका बक्ताहरुकाे ठहर छ ।

अखिल (क्रान्तिकारी) द्वारा राजधानीको संवाद डबलीमा बुधबार आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले नयाँ जोस लिएर उदाएकाहरुले पनि जनतालाई निराश बनाउनुले सो कुरा पुष्टि भएको बताएका हुन् ।

‘चिकित्सा शिक्षा र पुँजी–प्रतिभा पलायन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का प्रवक्ता हेमन्त प्रकाश ओलीले विदेशीरुले आफ्ना एजेन्टहरुमार्फत नेपाललाई कमजोरा बनाएर असफल बनाउन लागि परेको बताउनुभयाे ।

प्रवक्ता ओलीले युवाहरु देशमा रहिरहे विदेशी मनसुभाको प्रतिरोध गर्ने हुनाले युवा तथा प्रतिभा पलायनको वातावारण जबरजस्त बनाइरहेको आरोप लगाउनुभयाे ।

उहाँले आफूसँगै जनयुद्धमा लडेका प्रचण्डको भनाई र गाराईमा आकाश र जमिनको फारक भएको बताउँदै भने, “उहाँले हामीलाई एउटा कुरा पढाउनु भयो, तर आफै अर्कै बाटो लाग्नु भयो, उहाँ आज सत्तामा भएर के गर्नु जनात झन् आहतमा छन् ।

प्रचण्डले व्यवस्था परिवर्तनको लागि लड्ने र लडाउने कार्य गर्नुभयो तर अफै त्यही दलाल संसदिय व्यवस्थाको भाषमा पशेर झन देश असरल्ल पार्नुभयो ।” उनले दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु पर्नेमा जोड दिए ।

शिक्षाविद तथा प्रा.डा.विद्यानाथ कोइरालाले देशमा काँग्रेस, कम्युनिस्ट वा नयाँ जोशसहित जनताबाट चुनिएर सरकार र सत्तामा पुगेका कोहीले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेकोले आशा र भरोसा गर्न लायक मान्छे नै नरहेको बताउनुभयाे । कोईरालाले परिवर्तनका पुराना नाराले केही नहुने भन्दै सबैले व्यवहार सुधार्न पर्ने धारणा राख्नुभयाे
त्यसैगरी चिकित्सा शिक्षा आयोगका सदस्य सचिव भोजराज काफ्लेले ऐननियमले पारेका जटिलताहरु सुधार गर्दै लैजाने प्रतिबद्दता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा नेकपा (बहुमत) कार्यालय सदस्या दीपक चलाउनेले वर्तमान संसदिय व्यवस्थामा कर्पोरेटरहरुले राजनीतिज्ञहरुलाई पनि आफ्नो पञ्जामा राखेर सरकार र सत्ता चालइरहेकोले देश असफलता तिर गएको बताउनुभयाे ।

चलाउनले देशबाट दैनिक हजारौं युवा तथा विद्यार्थीसाँगै अरबौंको ढुकुटी पलायन गराउने अनि देशलाई कंगला बनाएर असफल राष्ट्रमा परिणत गराउने विदेशी षड्यन्त्र उदाङ्गो भएकोले युवाहरु पुन: जागरुक हुनुपर्नेमा जोड दिनुभयाे ।

सिटिइभिटी सदस्य सचिव जीवनारायण काफ्लेले देशमा हरेक क्षेत्रमा राजनीति चलेको र ऐन,नियम र कानुनमा प्रस्टै अधिकार प्रत्याजन गरिएपनि विविध कारण देखाएर काम गर्ने वातावरण नभएको बताउनुभयाे ।

आखिल (क्रान्तिकारी) फ्याक्सन इन्चार्ज पूणबहादुर सिंहले देशबाट हजारौं प्रतिभा र पुँजी पलायन गर्न कन्सल्ट्यान्स र विदेशी सम्बन्धन प्राप्त कलेजले मुख्य भूमिका खेलेकोले उनिहरुलाई कडा नियमनमा ल्याउनु पर्ने बताउनुभयाे ।

शिक्षा मन्त्रालयकी उपसचिव दुर्गा कडेलले युवा विद्यार्थी निराश नभएर देशमै भविष्य खोज्ने वातावरण निर्माण भइरहेको बताउनुभयाे ।
अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले शैक्षिक तथा चिकित्सा क्षेत्रमा व्यापारीकरण, दलालिकरण हुँदै माफियाकरणमा गएकोले त्यसविरुद्ध कडा आन्दोलनको आवश्यकता भएको बताउनुभयाे ।

फोरम फर हेल्थ एण्ड टेक्नीकल साइन्सका महासचिव निर्मल सापकोटाले सरकारी विश्वविद्यालयले पनि निजी जस्तै शुल्क बढाएर महाँगो बनाउने, कोटा तोक्ने तर गुणष्तरमा सुधार नगर्ने कार्यले शिक्षा तथा चिकित्सा क्षेत्र विग्रेको आरोप लगाउनुभयाे।

सो कार्यक्रममा इन्स्टीट्यूट अफ मेडिसिन महाराजगञ्जको डिन कार्यालयले सहमतिअनुसार कार्यान्वयन नगरेको भन्दै चिकित्सा शिक्षा सुधार संघर्ष समितिका प्रवक्ता सूर्यबहादुर थापाले आफूहरुलाई निराश बनाएको बताउनुभयाे ।

सो संघर्ष समितिका करिब ४ दर्जन विद्यार्थीले प्लेकार्ड प्रदर्शन गरेर ध्यानकर्षण गराएका थिए । अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले विद्यार्थीहरुले वेथितिका विरुद्ध गरेका अन्दोलनलाई कमजोर ठाने ठूलो क्षति हुने चेतावनी दिनुभयाे ।
संगठनका उपाध्यक्ष विरेन्द्र शाहले देशमा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था काहाली लाग्दो भएको बताए । अध्यक्ष राईको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव रुपा बुढामगरले गर्नुभएकाे थियाे ।

Facebook Comments