होटल व्यवसायी गण्डकी प्रदेशकाे अधिवेशन आज

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम अधिवेशन आजबाट पाेखरामा शुरू हुँदैछ । भाेलीसम्म चल्ने अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने कार्यक्रम रहेको छ ।

महासङ्घका अध्यक्ष अर्जुन चोखालका अनुसार अधिवेशनमा गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लाका जिल्ला सङ्घ र स्थानीय तह एकाइका गरी एक सय २० प्रतिनिधिले सहभागिता जनाउनेछन्ब ।

महाधिवेशन उद्घाटन कार्यक्रममा गण्डकीको कला, संस्कृति र पहिचान झल्काउने समुदायगत सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने जानकारी संस्थाका महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो ।

गण्डकीमा ६ हजारभन्दा बढी होटल तथा रेष्टुराँ सञ्चालनमा रहेको र ५४ हजार बढीले रोजगारी प्राप्त गरेको जानकारी पनि सो अवसरमा दिइएको थियो ।

मुक्तिनाथ दर्शनका लागि आएका भारतीय र केही आन्तरिक पर्यटकको आगमनले गण्डकीको पर्यटन व्यवसाय धानिएको अध्यक्ष चोखालले बताउनुभयो । चैतको पहिलो हप्ता मुक्तिनाथ जाने पर्यटकले धवलागिरिका सम्पूर्ण होटल तथा रेष्टुराँ भरिएको जानकारी दिनुभयो ।

कोरोना तथा फ्रान्स र युक्रेन युद्धका कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समय खर्च धान्ने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । “यतिबेला कमाउने अवस्था त छैन, जेनतेन खर्च धानेको मात्र छ”, अध्यक्ष चोखालले भन्नुभयो, “नेपाल सरकारले पर्यटन व्यवसायीलाई बैंकको चर्को ब्याज घटाइदिए मात्र व्यवसाय अगाडि बढ्न सक्छ ।”

Facebook Comments