फुटपाथका संरचना हटाउन प्रहरी र कुटनीतिक नियाेगलाई मेयर बालेन शाहकाे आग्रह
प्रहरी आफैले नहटाएमा महानगरले नै हटाइदिने
काठमाण्डाै महानगरका मेयर बालेन शाहले फुटपाथमा अवराेध गर्ने गरी बनेकाे संरचना हटाउनु अनुराेध गर्नुभएकाे छ ।
प्रहरी र कुटनीतिक नियाेगलाई फुटपाथ अवराेध गर्ने गरी संरचना रहेकाले हटाउन भन्दै सामाजिक सञ्जालमा अनुराेध गर्नुभएकाे हाे ।
शाहले सामाजिक सञ्जालमा गर्नुभएकाे अनुराेध
फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।
कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।
राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ । कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ ।


