गण्डकीमा अधिकारी र वाग्मतीमा जमरकट्टेल मुख्यमन्त्री नियुक्त
सत्ता गठबन्धनकाे सहमति अनुसार गण्डकी प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ । त्यस्तै वाग्मती प्रदेशमा शालिकराम जमरकट्टेल मुख्यमन्त्री नियुक्त हुनुभएकाे छ ।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएकाे हाे ।
उहाँले ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे (३३ जना)को समर्थनमा मुख्यमन्त्री दाबी गर्नुभएकाे थियाे ।
सत्ता गठबन्धनमा सहमति अनुसार गण्डकीमा माओवादीले सभामुख प्राप्त गर्ने भएकाे छ ।
वाग्मती प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेकपा एमाले, राप्रपा सहितका दलकाे समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।
७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

