उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
सत्ता गठबन्धनमा रहेका दलहरवीचकाे बैठक बस्दैछ । सरकारकाे समर्थन गरी सरकारमै सामेल भएका दलहरूकाे बैठक बस्न लागेकाे हाे । नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी समेत साे बैठकमा सहभागी हुनेछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक माग गरेपनि बस्ने सकेन ।
बैठकमा राष्ट्रपतिको निर्वाचन र सुदुरपश्चिम सरकारकाे विश्वासकाे मत लगायतका बिषयमा छलफल हुने बुझिएकाे छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । तर, बैठकको समय भने निश्चित हुन प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली रहनुभएकाे छ ।
राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन ।

