स्थानीय उत्पादनमा जोडदिन होमस्टे संचालकहरुलाई मन्त्री जुग्जालीको आग्रह

होमस्टेहरुले आफ्नै गाउँठाउँको उत्पादन बढाउनु पर्ने गण्डकी प्रदेशका उद्यो ्ग पर्यटन वन तथा वातावरण मन्त्री रेशम वहादुर जुग्जालीले बताउनु भएको छ ।

पोखरा २३ मा जारी तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतिक महोत्सव २०७९को तेस्रोदिनमा सम्बोधन गर्दै जुग्जालीले उक्त कुरा वताउनुभएको हो ।

उहाँले तराईको उत्पादन ल्याएर ग्रामीण क्षेत्रमा होमस्टे संचालन गर्नुको अर्थ नहुने भन्दै स्थानीय उत्पादन र प्रयोगमा जोड दिन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशले पर्यटनलाई प्रदेशको गौरवको आयोजनामा राखेकोले सोही अनुसारनै प्राथामिकता दिएर अगाडि बढ्ने बताउनु भयो । चापकोटमा आइपुग्दा स्थानीय परिकारको प्रयोग गरेको देख्दा खुशीलागेको जनाउनु भयो ।

कार्यक्रममा उक्तमन्त्रालयका सचिव कृष्ण बहादुर बोहोरा,पोखरा २३का वडाअध्यक्ष रामकाजी गुरुङ लगायतले बोल्नु भएको थियो महोत्सवमा चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुलीले चापकोटको विकास र प्रचार प्रसारको लागि आफुहरुले महोत्सवको आयोजना गरेको भनाइ राख्नु भयो ।

२८ गते सम्म चल्ने मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने बताइएको छ । महोत्सवमा विभिन्न प्रतियोगिता समेत राखिएको छ । नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।

भजन प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।

रत्यौलि प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।

पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय सुपैयाँ द्धितिय हुनेलाई २ हजार रुपैयाँ तितृय हुनेलाई १ हजार ५ सय रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

दुना टपरी बुन्ने प्रतियोगितामा प्रथमहुनेलाई २ हजार द्धितिय हुनेलाई १ हजार ५ सय तितृय हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय रुपयाँले सम्मान गरिने भएको छ ।

झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार तितृय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिएको छ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ ।

Facebook Comments