नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार मैजुबहालको निवासबाट खाँणलाई प्रहरी परिसरमा ल्याइएकाे हाे ।

काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलसँग सोधपुछ भइरहेकाे जानकारी दिनुभयाे ।

पूर्वगृहमन्त्री खाणसहित सहयोगी नरेन्द्र केसी समेतलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको भन्ने विवरणा सहितकाे अडियो बाहिरिएको थियो।

प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको छ।

सोही प्रकरणमा फरार एमाले सचिव टोपबहादुर रायमाझीकाे प्रहरीले खाेजी गरिरहेकाे छ । प्रहरीले यसअघि नै पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राई, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे सहित १० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

Facebook Comments