समाजवादी मोर्चाकाे हेटाैडामा सन्देश सभा

समाजवादी मोर्चाले आज मकवानपुरको हेटौंडामा सन्देश सभा गर्दैछ ।

बागमती प्रदेशस्तरीय उक्त सन्देश सभालाई मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने छन् ।

आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको समेत घोषणा गर्ने कार्यक्रम छ। चार दल सम्मिलित मोर्चाको भदौ ४ गते बसेको बैठकले मोर्चा गठनको उद्देश्य र लक्ष्यबारे जानकारी दिने सन्देश सभाकाे आयाेजना गरिएकाे हाे ।

यसअघि माेर्चाले मधेश प्रदेशको वीरगञ्जमा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र गण्डकी प्रदेशको पोखरामा सन्देश सभा गरिसकेको छ ।

Facebook Comments