कांग्रेसको संसदीय दलको बैठकः डेङ्गु, आँखा पाक्ने रोग लगायतका बिषयमा छलफल हुँदै
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयाे ।
बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुँदैछ ।
प्रमुख सचेतक लेखकका अनुसार बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराउने लगायतका एजेण्डामा समेत छलफल हुनेछ ।
Facebook Comments

