सूचारू हाेला त संसद बैठक, प्रतिनिधिसभामा ७ र राष्ट्रियसभामा ५ संभावित कार्यसूची तय
संघीय संसदका बैठक लगातार अवरूद्ध भइरहेका छन् । संघीय संसद अन्तर्गत दुबै सदनको बैठक आज बस्ने गरी तय भएकाे छ। खास गरी सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानविन हुनुपर्ने माग सहित नेकपा एमालेले लगातार बैठक अवरूद्ध आइरहेको छ ।
बिहान ११ बजे बस्ने राष्ट्रिय सभाकाे बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन,२०८० सभा समक्ष पेस गर्ने लगायत विभिन्न पाँच कार्यसूची छन्। र प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि तय भएको छ।
प्रतिनिधि सभा बैठकमा पनि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने लगायत विभिन्न ७ कार्यसूची छ।
दलहरूवीच सहमति नभएकाले आजकाे बैठक पनि सूचारू हुने अवस्था भने छैन ।

