बिजुली बिक्रीबाट १२ अर्ब ३३ करोड नाफा, अघिल्लाे वर्षभन्दा किन घट्याे नाफा ?

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ कराेड नाफा कमाएकाे छ । याे अघिल्लाे वर्षकाे तुलनामा १ अर्ब ४ कराेडले कम हाे ।

नाफामा गिरावट आउनुमा विद्युत उत्पादनमा कमी भएकाले प्राधिकरणकाे दावी छ ।  २०७९/८० मा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आएको प्राधिकरणका प्रमुख कुलमान घिसिङको भनाइ छ।

पानीकाे बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूको विद्युत उत्पादनमा ह्रास आएकाे तथा आन्तरिक माग धान्न विद्युत आयात केही मात्रामा बढ्दा नाफा प्रभावित भएको उहाँकाे भनाइ थियाे ।

प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघिको तुलनामा भने बढेको जनाएको छ। यस्तो आम्दानी दुई वर्षअघिको तुलनामा ८१ अर्ब रूपैयाँ थियो। प्राधिकरणका अनुसार अहिले बढेर एक अर्ब १८ अर्ब पुगेको छ ।

त्यस्तै नेपाल ले आर्थिक वर्ष २०७९/८० मा भारतलाई १० अर्ब ४५ करोड रूपैयाँको बिजुली बिक्री गरेको छ भने १९ अर्ब ४४ करोड रूपैयाँको बिजुली भारतसँग किनेको छ। बिजुलीकाे व्यापारमा ८ अर्ब ९९ करोड रूपैयाँ व्यापार घाटा देखिएको छ। 

नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात सुरू गरेको हो। हाल करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको छ।

Facebook Comments