प्रधानमन्त्री र एमाले अध्यक्षवीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालय बाँडपफाँडका विषयमा छलफल भएकाे छ ।

विहीबार साँझ भएकाे भेटवार्तामा संघीय सरकारको मन्त्रालय भागवण्डा र प्रदेश सरकारको भागवण्डाको विषयमा छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।

केन्द्र र सातवटै प्रदेश सरकार बनिसके पनि मन्त्रालय बाँडफाँड र अन्य राजकीय पदहरू बाँडफाँडमा अन्तिम टुंगाे लगाउन बाँकी नै छ । संघीय मन्त्रिपरिषद र प्रदेश सरकारलाई पूर्णता दिने विषयमा सत्ता साझेदार दुइ नेतावीच छलफल भएकाे हाे ।

कांग्रेसले समेत प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेपछि एमाले र माओवादी केन्द्रवीच मतभेद बढ्ने शंका समेत गरिएकाे छ ।

Facebook Comments