एमाले उपाध्यक्ष नेम्वाङकाे हृदयघातका कारण निधन

 नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । शाैचालयमा जाँदा बेहाेस भएपछि परिवारका सदस्यले राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएका थिए ।

चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै चेकजाँच गर्दा नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।

नेम्वाङकाे निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

पूर्वसभामुख र संविधानसभाका अध्यक्ष समेत रहनुभएका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद हुनुभएकाे थिए भने हाल हाल नेकपा एमालेकाे उपाध्यक्ष र संसदीय दलको उपनेता समेत हुनुहुन्थ्याे ।

यसैवीच नेम्वाङकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएकाे छ ।

Facebook Comments