नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन
पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान सर्वसाधारणका लागि प्रदर्शन गर्न लागिएकाे छ। पशुपति मन्दिरको पश्चिम ढोकाअघि प्रदर्शन गरिने पशुपति क्षेत्र विकास काेषले जनाएकाे छ ।
अहिले बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाइने काेषले जनाएक्ाे छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन मन्दिरको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई वर्षभर सुरक्षित राखिएको छ भनेर सर्वसाधारणलाई देखाउने गरिन्छ ।
Facebook Comments

