माघे संक्रान्तिका अवसरमा नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने

नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि भित्ता काट्ने प्रयाेजनका लागि सवारी आवागमन राेकिने गरेकामा माघे संक्रान्तिका लागि भने सवारी नरोकिने भएकाे छ ।

माघे संक्रान्तिमा चितवन, तनहुँ र नवलपरासीकाे संगमस्थल देवघाटमा धेरै हिन्दु धर्मावलम्बीहरू पुग्ने भएकाले आज शनिबार र भोलि आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी पूर्ण रूपमा सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएकाे छ ।

साे सडकखण्डमा पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा ११ बजेदेखि ३ बजेसम्म चार घण्टा बन्द गरिँदै आएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीले निर्माणाधीन ५ मध्ये ३ पुलका लागि भित्ता काट्ने काम सकिएकाे छ । चिसेन्जी र तुइन खोलाको पुलको भित्ता काट्न भने अभै केही दिन लाग्नेछ ।

Facebook Comments