यति एयरलाइन्स जहाज दुर्घटनाः ३० जनाको शव फेला
पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ३० जनाकाे सव निकालिसकिएकाे छ । ५ नटिकल माइनकाे दुरीमा ४ जना क्रु म्याम्बर ६८ जना प्यासेन्जर गरी ७२ जना सवार रहेकाे बताइन्छ ।
जिल्ला प्रहरी प्रमुख अजय केसीका अनुसा पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन। शवहरू डढेको अवस्थामा फेला परेका हुन् । विस्तृत विवरण आउन बाँकी छ । सेती खाेँचमा भएकाे दुर्घटना भएकाले उद्दार कार्य समेत कठिन बनेकाे छ । जहाजकाे अधिकांश भाग जलेकाे छ । स्थानीयका अनुसार जहाजमा आकाश उडिरहेकै बेला आगाे लागेकाे थियाे ।
Facebook Comments

