तराईका थोरै भू-भागमा हुस्सु लाग्ने, अन्यत्र माैसम सफा रहने

तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका अन्य भूभागमा भने माैसम सफा रहने महाशाखाले जनाएकाे छ । महाशाखाले बिहीबार जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाे उल्लेख छ ।

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिन

२०७९ फागुन ४ गते (बिहीबार)

दिउँसोː प्रदेश नं. १ को पहाडी भू-भागमा  आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को  पहाडी भू-भागमा  आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ फागुन ५ गते (शुक्रबार)

दिउँसोː प्रदेश नं १ को पहाडी भू-भागमा आन्शिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː  प्रदेश नं १ को पहाडी भू-भागमा आन्शिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ फागुन ६ गते (शनिबार)

दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आन्शिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː  देशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श ( Warning / Advisory for next 24 hours):

तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहुन हुन अनुरोध छ। 

नोट ː हुस्सु/कुहिरो सम्बन्धी थप जानकारीको लागि हरेक बिहान ९:३० बजे मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने हुस्सु/कुहिरो/शितलहर बुलेटिन हेर्नु हुन अनुरोध छ।

Facebook Comments