बलात्कार अभियोगमा दाबी नपुगेकाे ठहर सहित अभिनेता पल शाहलाई सफाइ
जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई बलात्कार अभियोगमा दाबी नपुगेकाे ठहर सहित सफाइ दिएको छ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हाे ।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।
नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उजुरी दिएपछि साे अभियाेगमा मुद्दा दार गरिएकाे थियाे ।
यसअघि नवलपुर जिल्ला अदालतले पनि बलात्कार मुद्दाबाट सफाइ दिएपनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो।
Facebook Comments

