नयाँ आर्थिक वर्ष २०८०/८१ शुरू, गत वर्ष राजस्वमा गिरावट
नयाँ आर्थिक वर्ष २०८०/८१ शुरू भएकाे छ । गत आर्थिक वर्षमा नेपालको राजस्व १० खर्ब १० अर्ब रूपैयाँ उठेकाे छ । जुन नेपालकाे इतिबासमा नै राजस्व वृद्धि भने ५५ वर्षपछि ब्रेक लागेको छ।
आर्थिक वर्ष २०२४/२५ यता हरेक पटक अघिल्लो आर्थिक वर्षको तुलनामा बढी राजस्व उठ्ने गरेकोमा गत वर्षको राजस्व त्यसभन्दा अघिल्लाे आर्थिक वर्ष २०७८/७९ काे तुलनामा घटेको हो।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब तीन अर्ब रूपैयाँको राजस्व संकलनको लक्ष्य राखिएकोमा ९ खर्ब ५७ अर्ब रूपैयाँ मात्रै उठेको छ। अन्य प्राप्तिमा लक्ष निर्धारण गरिएको हुँदैन तर अन्य प्राप्ति शीर्षकबाट ५३ अर्ब २० करोड रूपैयाँ संकलन गर्दा सरकारको राजस्व १० खर्ब १० अर्ब बढी उठेको छ। राजस्वमा आएको गिरावटले बजेट घाटा बढेको छ।
यसैवीच आजदेखि आर्थिक वर्ष २०८०/८१ को विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् ।
आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार अवदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ ।
तयस्तै विलासिताका सेवामा २ प्रतिशत कर ताेकिएकाे छ । जस अनुसार पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा र १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशत विलासिता शुल्क लाग्नेछ ।

