नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चाः महासचिव वैद्य 

नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्य ‘किरण’ले नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा निर्माणको आवश्यकता औल्याउँनुभएकाे छ ।

नेपाल संवत् ११४४ को अवसरमा आयोजित एक कार्यक्रममा वैद्यले, अहिलेको राज्य व्यवस्था भत्काएर नयाँ राज्यव्यवस्था निर्माणका लागि संयुक्त मोर्चा आवश्यक रहेको बताउनुभयाे ।

‘पहिचानसहतिको संघियता भन्ने माओवादीको एउटा पक्ष सरकारमा नै छ । पुरानो राज्यसत्तालाई भत्काएर नयाँ राज्यसत्ताको निमार्णका लागि हामी जनतालाई साथ लिएर सशक्त रुपमा अगाडि बढ्न जरुरी छ । ’ उहाँले भन्नुभयाे ‘जनताको बीचमा भिजेर पुरानो राज्यसत्ता, दलालपुँजीपति वर्ग र बचेका सामन्त वर्गलाई ध्वस्त पारेर, यो संविधानलाई ध्वस्त पार्ने, यो संसदीय व्यवस्थालाई पनि अन्त्य गर्ने गरेर एउटा नयाँ संविधान लेख्ने हिसाबको सम्पूर्ण देशभक्त क्रान्तिकारीहरु र वामपन्थिहरु सबै जनालाई एकतावद्ध बनाएर एउटा गतिलो संयुक्त मोर्चा बनाउँन र राम्रो जलाधार तयार पार्न जरुरी छ ।

बैद्यले यो सत्ता व्यवस्थाको विकल्प नयाँ संविधानको निमार्ण भएकाले साेही दिशामा जानुपर्ने बताउनुभयाे । संघीयता कार्यान्वयनका लागि समेत संर्घषको विकल्प नभएको उहाँकाे भनाइ थियाे । स्थानीय सरकार, प्रदेश सरकार र संघको अधिकार क्षेत्र के के हुन् स्पष्ट हुनुपर्ने बैद्यकाे तर्क छ ।

Facebook Comments