माैसम सफा रहने, चिसाे बढ्ने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले चिसाे बढ्ने जनाएकाे छ । चिसाे बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन विभागकाे अनुराेध छ ।
महाशाखाले तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको भएपनि अन्य स्थानमा सामन्यतया माैसम सफा रहने उल्लेख गरेकाे छ । महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख छ।
त्यस्तै हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। साेमबार दिउँसो र रातीसम्म पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।
आगामी पुस ४ गतेसम्म माैसम सामन्य बदली रहेपछि सामन्यतय सफा रहने महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

