सहकारीले गर्यो कृषि सामाग्री वितरण ।
छिनेडाँडा कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड पोखरा १७, डेभिजफल छोरेपाटनले कृषि सामाग्री वितरण गरेको छ ।
मंगलबार एक कार्यक्रमका विच पोखरा महानगरपालिका वडानं १७का वडाध्यक्ष राधिका शाही योगीले सहकारीका सदस्य नोमा थापालाई घरेलु पिठो मिल हस्तान्तण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएकाे थियाे ।
प्रमुख अतिथि शाहीले कृषि पशुुपालन सहकारीले आफ्ना सदस्यलाई आयआर्जन वृद्धिको लागि ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरेर महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।
उहाँले कृषकको आवश्यकताको आधारमा सामाग्री वितरण भएकोले सहिसदुुपयोग हु्ने बताउनुभयो । सहकारीका अध्यक्ष उमानाथ सुवेदीले ३३ जना सहकारीका सदस्यहरुलाई कृषि सामाग्री घरेलुु पिठो मिल,कुटानी पिसानी मिल, हरियो जाली, मलबनाउने डस्विन, हाते स्प्रे,गडेउलाको मल, कोको पिट, तिन मुखे कोदालो लगायतको सामाग्री मुक्तिनाथ कृषि कम्पनीको ५० प्रतिशत अनुदान र ५० प्रतिशत सहकारी सदस्यको लगानीमा सामाग्री वितरण गरिएको हो ।
सहकारीमा कुल एक सय ९८ जना शेयर सदस्य रहेको जानकारी दिदै सहकारीका सचिव नन्दलाल सुवेदीले ५ लाख भन्दा बढी मुल्यको कृषि सामाग्री वितरण गरिएको बताउनुभयो ।

