असाेज ३ अर्थात् संविधान दिवस

आज असाेज ३ अर्थात् संविधान दिवस संविधान दिवस भव्यताका साथ मनाइएको छ। संविधान दिवस मूल समाराेह समितिकाे आयाेजनामा आज बिहान टुँडिखेलमा भव्य समारोह गरी सरकारले संविधान दिवस मनाएको हो।

समारोहमा सुरक्षा निकायका समूहले परेवा उडाएका थिए। त्यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि, कवाज र विभिन्न सांस्कृतिक समूहल झाँकी प्रदर्शन गरेका थिए।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, काठमाडौं महानगरका प्रमुख बालेन शाह लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरू सहभागि थिए।

संविधान दिवसका अवसरमा प्रदेश सरकार तथा स्थानीय तहहरूले पनि विभिन्न कार्यक्रम राखी मनाएका छन् । वृक्षराेपण, रक्तदान, सरसफाइ तथा खेलकूद लगायतका विभिन्न कार्यक्रम संविधान दिवसका अवसरमा गरिएका छन् ।

Facebook Comments