इलाममा भएकाे बस दुर्घटनामा २ जनाकाे मृत्यु

इलाममा भएकाे बस दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ । आइतबार साँझ ६ बजेतिर मेची राजमार्ग अन्तर्गत इलामको रोङ गााउपालिकामा भएको बस दुर्घट्नामा परेकाे हाे । साे बसमा सवार यात्रुको पहिचान खुलेको छ ।

धनुषादेखि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार  ना६ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुर्घटनामा धनुषाधाम ९का एकै स्थानका ३२ जना घाइते भएको र उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।

घाइतेहरु सबैलाई उपचारार्थ झापाका विभिन्न अस्पतालमा पठाइएको छ । अधिकांशलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Facebook Comments