घाचोकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लि.द्धारा माघ १ गते जहाज दुर्घटनामा गरी ज्यान गुमाउने सदस्यको परीवारलाई राहत हस्तातरण तथा ग्लोबल मनि वीक अन्तर्गत विमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लि.द्धारा आयोजीत बित्तीय साक्षरता तथा राहात वितरण कार्यक्रम सम्पन्न उक्त कार्यक्रम उदघाटन समारोहका अध्यक्षता सँस्थाका गण्डकी प्रदेश प्रमुख श्री जय कृष्ण यादवले गर्नुभयो ।
माछापुच्छ्रे गाँउपालीका वार्ड नं.३ का अध्यक्ष हरिश्चन्द्र लम्सालको आतिथ्यमा सम्निन कार्यक्रममा राहत वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी हरिश्चन्द्र लम्सालले यस वित्तीय सँस्थाले आर्थिक मन्दीको अवस्थामा वित्तीय साक्षरता आवश्यक हुने बताउनुभयो ।
सो अवसरमा यति एअरको विमान दुर्घटनामा दिवगंत सीता गुरुङ तथा अविभावक बेलमान गुरुङप्रति श्रद्धासुमन व्यक्त गर्दै परिवारलाई संस्थाका तर्फबाट २५ हजार नगद सहयोग गरिएको थियो ।
वित्तीय साक्षरता कार्यक्रम अध्यक्ष गण्डकी प्रदेश प्रमुख जय कृष्ण यादवले उद्घाटन गर्नुभयो ।
तालिममा सहभागी कल्पना अधिकारी र लक्ष्मी रानाभाटले वित्तीय सँस्थाले हाल सम्म दिँदै आएको वित्तीय सेवाले पारदर्शी एवं सहुलियतपूर्ण रहेको बताउनुभयो ।

