प्रधानमन्त्रीकाे परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त
प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त हुनुभएकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकार नियुक्त गरी कार्यभार दिएको जानकारी दिनुभयाे ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त सापकोटाले यसअघि नेपाल सरकारको महत्त्वपूर्ण थिकंट्यांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी वहन गर्नुभएकाे थियाे ।
चीनको राजधानी बेइजिङस्थित रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा नेपाल, भारत र चीनबिचको त्रिदेशीय सहकार्यसम्बन्धी बिषयमा शोध गरी सापकाेटाले विद्यावारिधी हाँसिल गर्नुभएकाे छ ।
पछिल्लो समय सापकोटा त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापनरत हुनुहुन्छ ।

