फिफा विश्वकप २०२६ छनाैटः नेपाल यमनविरुद्ध घरेलु मैदानमा खेल्दै
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतकाे खेलमा नेपाल र यमनवीच प्रतिस्पर्धा हुँदैछ ।
समूह एचमा रहेको नेपालले आज घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे । समूहको पहिलो खेलमा युएईसँग ४-० ले पराजित नेपालसामू याे खेल अंकको खाता खोल्ने अवसर हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका सात बजे हुनेछ । नेपाल र नेपाल दुवै प्रारम्भिक चरणको छनोट खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । यस समूहमा युएई र बहराइन रहेका छन् ।
Facebook Comments

