प्रतिनिधिसभाकाे बैठक बस्दै
लामाे समयदेखि अवरूद्ध संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ ।
सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार सहमत भएकाले संसद बैठक सञ्चालन गर्न दिन तयार भएकाे एमालेले जनाएकाे छ ।
साउन पहिलाे हप्ता माेटरसाइकलका ब्रेक सु भित्र लुकाएर ६० किलाेभन्दा बढी सुन तस्करी भएकाे खुलेकाे थियाे । त्यसभन्दा अगाडि समेत साेही प्रकृतिका सामान ल्याइएकाे बिषयमा छानविन गर्न सरकारमाथि दवाव छ ।
Facebook Comments

