प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

चीनकाे भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ।

शनिबार दिउँसो हाङझावमा राष्ट्रपति सी चिनफिङ सहितकाे चिनीयाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्ड सहितकाे नेपाली प्रतिनिधिमण्डलबीच औपचारिक भेटवार्ता भएको हो।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघकाे भ्रमण सकेर साेझै चीन प्रस्थान गर्नुभएकाे थियाे । भेटवार्तापछि प्रधानमन्त्री १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुने कार्यक्रम छ ।

आइतबार प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ जाने र बेइजिङमा सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ ।

प्रधानमन्त्री प्रचण्डले २६ सेप्टेम्बरमा चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र सेप्टेबर ३० मा स्वदेश फर्कने कार्यक्रम छ ।

Facebook Comments