पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा घिमिरे चयन
पोखरा स्थित पृथ्वी होटल व्यवसायी समितिको छैटौं अधिवेशनवाट अम्विका घिमिरे अमृतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्त निर्वाचित भएको छ ।
शुक्रबार राति अवेर सम्पन्न अधिवेशनवाट समितिको वरिष्ठ उपाध्यक्षमा मोती प्रसाद श्रेष्ठ ,उपाध्यक्षमा राजु सुनार,महासचिवमा इन्दु देवी श्रेष्ठ सर्वसम्मत हुनु भएको हो । समितिको सचिवान ऋषिराम पौडेल,कोषाध्यक्षमा रमेश लामिछाने र सह कोषाध्यक्षमा कृष्ण प्रसाद पौडेल रहुनु भएको छ ।
समितिको सदस्यहरुमा डोलराज डुम्रे, विदुर ढुङगाना,प्रदीप पौडेल,रेशम खत्री, मित्रलाल ढकाल, गोविन्द जमरकट्टेल, अनुप पाण्डे,नारायण अधिकारी,शोभाकान्त शर्मा र कञ्चन बराल शर्मा सम्र्वसम्त निर्वाचित भएको निर्वाचन मण्डलका टंक पौडेलले जानकारी दिनु भएको छ ।
नव निर्वाचित अध्यक्ष अम्विका घिमिरे अमृतले सवै ब्यसायीलाई समेटदै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

